इटहरी: असहाय तथा मानसिक सन्तुलन गुमाएका, सडकमा बेवारिसे अवस्थामा रहेकाहरुलाई साहारा प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको मायाघर नेपालमा आश्रित भएकालाई तरुण दल सुनसरीले एक दिनको खाना खुवाएको छ ।

असाहाय तथा मानसिक अवस्था गुमाएका करिब ३५ जनालाइृ आश्रय प्रदान गर्दै आएको माया घरमा पछिल्लो समय बिभिन्न सामाजिक संघ सस्थाहरुले सहयोग गर्ने क्रम बढेको छ । विभिन्न व्यक्तिले आफ्नो जन्मोत्सवको अवसरमा माया घरमा आश्रय लिईरहेकाहरुलाई खाना खुवाउनेको संख्यामा पनि बृद्धि हुदै गएको मायाघर नेपालकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिईन ।

यसै क्रममा तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुंगले आफ्नो जन्मदिनको अवसर पारेर मायाघर नेपालमा सहयोग स्वरुप खाना खुवाएका छन् । आफ्नो जन्मोत्सव भन्दा पनि माया घरमा रहेका असाहयहरुलाई एक दिन मिठो खाना खुवाउन सकेको र मानवियताको विकास हुने सोचका साथ उक्त कार्यक्रमको आयोजना गरेको सिजनले बताए । कार्यक्रम सौमाया गुरुंगको अध्यक्षतामा भएको थियो भने जुनियर मायाघरका अध्यक्ष सजन भण्डारी, निश्चल पलिखे लगायतको सहभागीता रहेको थियो ।