काठमाडौं : बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज फेरि अदालतमा उपस्थित गराइँदैछ ।

उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालदमा उपचार गराइरहनुभएका महरालाई प्रहरीले आज फेरि अदालत लैजान लागेको हो । यसअघि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको थियो । तर स्वास्थ्यमा समस्या देखिएको भन्दै महराले प्रहरीसमक्ष बयान दिन इन्कार गरेपछि आज फेरि म्याद थप्ने तयारी रहेको बताइएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि जिल्ला अदालतको अनुमतिमा प्रहरीले महरालाई गत असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो ।

दसैं बिदापछि अदालत खुलेसँगै महरालाई अदालतमा उपस्थित गराइएको थियो ।