काठमाडौं : जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि थप ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ।

१३ दिनको म्याद सकिएपछि प्रहरीले महरालाई आइतबार अदालतमा उपस्थित गराएको थियो। न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुनेगरी महरालाई थप ५ दिन थुनामा राख्ने अनुमति दिएको हो । काठमाडौं प्रहरीले महराको बयान लिइसकेको र थपिएको समयमा अन्य अनुसन्धान पुरा गरेर अदालतमा बुझाउने जनाएको छ । संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरा प्रहरी हिरासतमा छन् ।