काठमाडौं : केही दिनदेखि यता लगातार सुनको मूल्य ओरालो लागिरहेको छ । सोमबार स्थीर रहेको सुनको मूल्य मंगलबार २ सय रुपैयाँ घटेर तोलामा ७० हजार २ सयमा कारोबार भइरहेको छ ।

तेजाबी सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने तोलामा ८ सय ५० कारोबार भइरहेको छ । त्यसैगरी, आइतबार र सोमबार ७० हजार ४ सयमा कारोबार भएको छापावाल सुन र ७० हजार १ सय रुपैयाँमा तेजाबी सुन कारोबार भएको थियो ।