बिराटनगर: प्रहरी चौकी नागीथर्पु पाँचथरमा कार्यरत प्रहरी नायव निरीक्षक भिमराज थेवे असोज महिनाको सर्वोत्कृष्ट प्रहरी (पुलिस अफ दि मन्थ) घोषित भएका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । प्रदेश प्रहरीले व्यवसायिक क्षमता, लगनशीलता, कर्तव्यनिष्ठ, अपराध नियन्त्रण, शान्ति सुव्यवस्थालगायतको मुल्यांकन गरेर सर्वाेत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।