इटहरी: ईटहरी उपमहानगरपालिका वडा नं. ४ मा रहेको कास्या ट्रेडर्समा लुकाई छिपाई भण्डारण गरेको ३० बण्डल बिष्फोटक पदार्थ (पटाका) सहित एकजनालाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

इटहरी वडा नं. ४ बस्ने ३९ बर्षीय विवेक बराललाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीका अनुसार उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भई रहेको छ । बण्डलमा १५ सय प्याकेट गरी जम्मा ४२ हजार पिस पटका रहेको उनले जानकारी दिए ।