झापा : कपुरीकर्मी सुदिप अधिकारी सम्मानित भएका छन् । झापाको गौरिगञ्जमा महतो समाज कल्याण परिषद् केन्द्रिय कार्यालयद्वारा आयोजित बृहत रक्तदान, दिपावली तथा छैठ पर्वको सुभकामना तथा सांस्कृतिक कार्यक्रममा अधिकारीलाई सम्मान गरिएको हो ।

पत्रकारिताका माध्यमबाट ग्रामिण बस्तीका आवाज उजागर गरेको भन्दै अधिकारीलाई सम्मान गरिएको हो । आजै सो संस्थाद्वारा आयोजित रक्तदानमा ५० पिन्ट रगत समेत संकलन गरिएको थियो । गौरिगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा दमकस्थित स्वागत डान्स सेन्टरको नृत्य प्रमुख आकर्षणको रुपमा रहेको थियो । कार्यक्रममा गौरिगञ्ज क्षेत्रभित्र रहेका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थीहरुले समेत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सामाजिक अगुवा तथा अन्य आमन्त्रित संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना ब्यक्त गरेको महतो समाज कल्याण परिषद्का केन्द्रिय अध्यक्ष मखना महतो गैदारले जानकारी दिए ।