झापा : दमक ट्राफिक प्रहरीले आजबाट लामो दुरीका सवारीका लागि ट्राफिक कम्युनिकेसन एप्स संचालनमा ल्याएको छ ।
साघुरो सडक र व्यस्त राजमार्गमा बढ्दो दुर्घटनालाई मध्य नजर गरि एप्स सञ्चालनमा ल्याइएको हो ।

दमकमा आयोजित कार्यक्रममा लामो दुरीका सवारी साधनमा अनिबार्य २ जना सवारी चालक भए नभएको एप्स बाट थाहा हुने ट्राफिक प्रहरी कार्यलय दमकका प्रमुख यज्ञराज शर्माले बताए । कानुनी प्राबधानलाई नियमन गर्ने मोबाईल एप्सद्वारा चालकको लाईसेन्स स्क्यान गरिने र चालकले तोकिएको स्थान भन्दा बढी दुरीमा सवारी चलाएमा वा चालक परिवर्तन नगरेको पाईएमा नियम अनुसारको कार्वाही गरिने जनाइएको छ । सो अवसरमा ईलाका प्रहरी कार्यालय दमकका प्रमुख बिजयराज पण्डितले सवारी दुर्घटना न्युनिकरण गर्न आफु र आफ्ना मातहतका निकायलाई चलायमान अवस्थामा राखिने बताए । कार्यक्रम प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको समन्वयमा भएको थियो ।

2