पथरी : मोरङको पथरीमा भएको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी डाँगिहाट फुटबल क्लब बेलबारीले जितेको छ ।

बुधबार भएको फाइनल खेलमा साबिक विजेता लेटाङ फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै डाँगिहाटले उपाधी उचालेको हो । उपाधिको लागि खेलको दोस्रो हापको ३० औं मिनेटमा डाँगिहाटको खेलाडी बिक्रम तामाङले निर्णयक गोल गोल गरेका थिए । फाइनल खेलको म्यान अफ दि म्याच लेटाङ फुटबल क्लब मोरङको खेलाडी अभिषेक लिम्बु घोषित भए ।

हाई स्कोरर खेल अवधीभर ३ गोल गर्ने योसेक फुटबल क्लब उर्लाबारीको खेलाडी मन्दिप लिम्बू पुरस्कृत भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी डाँगिहाटको अरुण लिम्बू, उदियमान खेलाडी आयोजक सुनाखरीको खेलाडी अभिषेक लिम्बू, बेष्ट गोल्ड किपर, डिफेन्डर र बेष्ट कोच क्रमश डाँगिहाटकै छिरिङ तामाङ, सुरेन्द्र खवास र अनिल धिमाल घोषित भए ।

त्यसैगरी बेष्ट मिड फिल्डर र फर्वाड लेटाङका सुमन लिम्बू र भुवान राई पुरस्कृत भए । प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार १ सय ११ नगद र दोस्रो हुनेलाई ५१ हजार १ सय ११, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।