धरान: सुनसरी क्षेत्र नं. १ (क) को प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम र प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन गरिएको छ ।

सुनसरी क्षेत्र नं. १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद प्रदिपकुमार भण्डारीको अध्यक्षतामा बसेको बैठकले बजेट विनियोजन गरेको हो । दुवै कार्यक्रमको कुल ३ करोड बजेट छ । प्रत्यक्ष निर्वाचिन सांसद भण्डारी हाल प्रदेशसभा सभामुख रहेका छन् । प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत ५० लाख रकम भौतिक निर्माणदेखि सिपमुलक कार्यक्रमसम्मको लागि विनियोजन गरिएको छ । यो कार्यक्रमअन्र्तगतको बजेट धरान–५ मा झरना चौकदेखि मुजुरेचौकसम्म ड्रेन निर्माण गर्न १० लाख, धरान–१४ रेडक्रसबाट उत्तर–पश्चिम जाने ठाडो बाटो निर्माण गर्न १० लाख विनियोजन गरिएको छ ।

यस्तै, धरान–५ दर्शन मार्ग ड्रेन तथा सडक निर्माण गर्न ५ लाख, धरान–१५ खत्रीधारा मलामी घर ट्रष्ट निर्माण गर्न ५ लाख, धरान–७ क्युपेक नेपालको भवन निर्माण गर्न ५ लाख, धरान–३ भुजेल सेवा समाज भवन निर्माण गर्न ५ लाख तथा दलित, महिला, बालबालिका, युवा, आदिवासीरजनजाती, अल्पसंख्यक, घाईते अपाङ्ग लगायत लक्षित वर्गलाई शिपमूलक तालिम तथा अभिमूखिकरण कार्यक्रमहरु सञ्चालन गर्न १० लाख रकम विनियोजन गरिएको छ ।

budget

यस्तै, प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २ करोड ५० लाख बजेट रहेको छ । यो बजेटलाई पनि अधिकांश सडक तथा भौतिक पुर्वाधार निर्माणमा विनियोजन गरिएको छ । यो बजेट धरान–८ शहिद रत्न मार्ग कालोपत्रे सडक निर्माण गर्न ५० लाख, धरान–१५ निशान त्रिवेणी त्रिशुल मार्ग कालोपत्रे गर्न ४० लाख, धरान–१५ परिवर्तन मार्ग सडक निर्माण गर्न १५ लाख, धरान–१ विष्णु कोलोनी मार्ग कालोपत्रे गर्न १० लाख विनियोजन गरिएको छ ।

यस्तै, धरान–१४ शालिकग्राम मार्ग सडक निर्माण कालोपत्रे गर्न २० लाख, धरान–१३ अमर पथ लुप अनामटोल सडक कालोपत्रे गर्न २० लाख, धरान–६ प्रयास मार्ग सडक ड्रेन निर्माण गर्न १५ लाख, धरान–५ देउराली पथ ड्रेन निर्माण गर्न १५ लाख, धरान–४ डुम्रे शिखरवास सडक स्तरोन्ती गर्न १५ लाख विनियोजन गरिएको छ । यसैगरि, धरान–५ मुना क्लब भवन निर्माण गर्न २० लाख, धरान–१४ गणेश चौक दक्षिण खत्रीधारा जाने बाटो निर्माण गर्न १० लाख, धरान–१५ भिष्म पथ ड्रेन तथा सडक निर्माण गर्न १० लाख र धरान–४ पत्रुङ्गवारी लामा चौरी टोलको ड्रेन निर्माण गर्न १० लाख रकम बिनियोजन गरिएको छ ।