विर्तामोड: झापा जिल्लाको अर्जुनधारा नगरपालिका पशुपन्छि विकास शाखाको आयोजनामा कृषकहरुका लागि विभिद कार्यक्रम सञ्चालनलाई तिव्रता दिएको छ ।

मेयर पकेट प्याकेज कार्यव्रmम अन्तर्गत वडा नं. २ को वेल्टार क्षेत्रलाई दुध उत्पादनको हव वनाउने अभियान सञ्चालन भएको छ । जसबाट सो क्षेत्रका १ सय ४४ घर लाभान्वित भएका छन । विभिन्न समुह निर्माण गरी ब्यवसायिक पशुपालन सम्वन्धि शिपमुलक तालिम साथै पशु विमा र रोगहरुका वारेमा कृषकलाई सचेतना कार्यव्रmमको आयोजना गरी गुणस्तरीय दुध उत्पादनका लागि कृषकलाई आवश्यक सामग्री, पशुहरुका लागि आवश्यक औषधी उपकरण निशुल्क वितरण गरी दुध उत्पादन, संकलन तथा विव्रिm वितरणको काम अगाडि वढेको छ । यसबाट स्थानिय नागरिकहरुको जिवन स्तर माथि उठाउने प्रयास भइरहेको हुँदा राज्यको तर्फबाट थप सहयोग हुने स्थानीय राजेन्द्र प्रसाद वाग्लेले अपेक्षा गरे ।

विगतका दिनहरुमा कृषकले उत्पादन गरेको दुधले उचित वजार मुल्य नपाइरहेको समस्या खेपेका कृषकहरु यतिवेला आफुले उत्पादन गरेको दुधको उचित मुल्य पाउँदा उत्साहि वनेका छन । फ्याट र एस एन एफ का आधारमा मुल्य पाउने गरेको वताउदै कृषकहरुले विगतमा ग्वालाहरुवाट ठगीमा पर्ने गरेको स्थानिय उर्मिला पोख्रेलले बताइन् । कृषकहरुले फ्याट र एस एन एफका आधारमा प्रतिलिटर ३८ देखि ७२ रुपैँयासम्म दुधको मुल्य पाउने गरेका छन् ।

अर्जुनधारा नगरपालिकाले सञ्चालन गरेको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रम वाट दुध संकलन केन्द्रका लागि ५ सय लिटर क्षमताको चिलिङ भ्याट, दुधको गुणस्तर मापनका लागि आवश्यक उपकरण, नियमित थुनेलो जाँच लगायतका सामाग्री तथा सेवा प्रदान गरे सँगै कृषकहरुले पनि दुध वोक्न प्लाष्टिकका भाडा कुडा छाडेर आल्मुनियमका क्यानहरु प्रयोग गर्ने गरेको स्थानिय प्रेम प्रसाद आचार्यले बताए ।

milk

कृषकले उत्पादन गरेको दुध नगरमा सञ्चालित एक मात्र डेरी उद्योग पुर्वार्ध डेरी उद्योगले खरिद गर्ने संझौता वमोजिम दुधको विक्रि वितरण हुने गरेको छ । सहकारी सँस्था द्वारा सञ्चालित डेरी उद्योगले कृषकको दुध किनि दिने मात्र हैन सेयर लाभांस समेत कृषकलाईनै दिने गरि कार्यक्रम सञ्चालन गरिरहेको छ । अर्जुनधारा नगरपालिकाले कृषकका लागि भनेर दुधालु गाई भैँसीका लागि जुका, नाम्लेको औषधी समेत वितरण गर्ने गरेको दिपा उप्रेतीले बताइन् ।

अर्जुनधारा नगरपालिकाका कृषकहरुको समस्या समाधानमा नगरपालिकाले देखाएको तत्परता सह्रानीय भएको स्थानीयबासीको भनाई छ । कृषकको समस्या समाधान सँगै आर्थिक उपार्जनमा विषेस फड्को मार्न नगरले सञ्चालन गरेका गतिविधिले यतिवेला नगरमै चर्चा वटुलेको छ । कृषककै चाहना र भावना अनि समस्या समाधानका लागि यो कार्यक्रम सञ्चालन गरेको अर्जुनधारा नगरपालिकाको पशुपन्छि विकास शाखाका प्रमुख पदम कुमार राईले बताए । अर्जुनधारा नगरपालिका वडा नं. २ मा सञ्चालन भएको मेयर पकेट प्याकेट कार्यक्रमलाई नगरभरी विस्तार गर्ने लक्ष अनुरुप कार्य अगाडि वढेको छ ।

वडा नं. २ को सम्पुर्ण क्षेत्रलाई समेटेर भैँसी पालन ब्यवसाय समेत प्रवर्धन गर्ने कार्यक्रम अन्तर्गत भैँसी पाल्ने कृषकहरुलाई प्रति भैँसी २० हजारका दरले अनुदान प्रदान गरेर भैँसी पालनको प्रवर्धनमा जोड दिने वडा अध्यक्ष रघुनाथ खनालले बताए । अर्जुनधारा नगरपालिकाले यस पकेट कार्यक्रमलाई समेत वढाउदै लान सकेमा नगरको आर्थिक विकास सहजै सम्भव देखिने बताइएको छ । अर्जुनधारा नगरपालिकाकी उप प्रमुख कमला खतिवडा आचार्य, नगरपालिकाले सञ्चालन गरेका पशुपन्छि विकास कार्यक्रमहरु सफल वनाउन नगरमा रहेको पशुपन्छि विकास शाखाको भुमिकाको प्रशंसा गरिन् ।

अर्जुनधारा नगरपालिकाले मेयर पकेट प्याकेज कार्यक्रम सञ्चालनका लागि पहिलो पटक अर्जुनधारा नगरपालिकाको वडा नं. २ लाई पाइलट प्रोजेक्टका रुपमा अगाडि वढाएको छ । गत वर्ष वाट सञ्चालन भएको कार्यक्रमको प्रभावकारीता राम्रो भएका कारण यस वर्ष वाट बृद्धि गरिएको नगर प्रमुख हरिकुमार रानामगरले बताए ।