संखुवासभा: संखुवासभाको चिचिला गाउँपालिका ४ मत्स्य पोखरीमा खुकुरी प्रहारबाट एक घाइते भएका छन् ।

स्थानीय ४६ बर्षीय रिठ्ठुमान राईले सोही ठाउँका ५० बर्षीय खगेन्द्र राईलाई खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएका हन् । शुक्रबार राती साढे ८ बजे सामान्य बादबिबादको क्रममा उनले टाउकोमा खुकुरी प्रहार गरेका थिए । घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले घाईतेलाई तत्काल स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल खाँदवारीमा पुर्याइएको थियो । साथै, खुकुरी प्रहार गर्ने रिठ्ठुमान राईलाई समेत नियन्त्रणमा लिएको थियो ।