धरान: धरान समाज युकेका अध्यक्ष सुर्यमान गुरुङ र खेलकुद विभाग प्रमुख निर्मलदास गुरुङलाई धरान फुटबल क्लबले सम्मान गरेको छ ।

शनिबार हिरासत भवन निर्माण समितिले आयोजना गरेको कार्यक्रममा क्लबले दुवैलाई सम्मान गरेको हो । क्लबका अध्यक्ष एवं एन्फा केन्द्रीय मानार्थ उपाध्यक्ष किसोर राईले दुवैलाई खादा ओढाउनुका साथै क्लबको ट्रयाक प्रदान गरेका थिए ।

क्लबलाई संस्थागतरुपमा सहयोग गरेकोले सम्मान स्वरुपम क्लबले ट्रयाक प्रदान गरेको अध्यक्ष राईले बताए । युके समाजले बुढासुब्बा गोल्डकप आयोजनाको साथै खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको छ । यस्तै, युकेमा पनि बुढासुब्बा गोल्डकपको प्रर्वद्धन गर्न प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।

help