झापा: झापाको गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजाा श्रेष्ठले ७५ प्रतिशत उपभोक्ता समितिहरूले विनियोजन गरेको वजेट अनुसार खर्च नभएको बताएका छन् ।

गौरीगंज गाउँपालिका वार्ड नं.४ ले दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष श्रेष्ठले गाउँपालिकाले विनियोजन गरेको वजेट अनुरूप खर्च नभएको हुदा कमसल कार्य भईरहेको बताए । कार्यक्रमकाा प्रमुख अतिथिसमेत रहेका अध्यक्ष श्रेष्ठले उपभोक्ता समितिको प्रशङ्ग कोट्याउदै २ लाख रूपैयाँको बजेटमा उपभोक्ता समितिले २५ हजार रूपैयाँ लिएको खुलासा समेत गरे । उनले भने,‘गाउँपालिकाले बजेट विनियोजन गर्छ, त्यो अनुसारको काम उपभोक्ता समितिले गर्दिदैन, अनि दोष जनप्रतिनिधिलाई दिने ?’ विकास निर्माणको काममा सबै जनता सजग र सचेत रहन आग्रह गर्दै अध्यक्ष श्रेष्ठले त्यसको निगरानी गरिदिन समेत अनुरोध गरे ।

जनप्रतिनिधि भएर आएको २ वर्ष २ महिनामा पहिलो वर्ष विकास निर्माण कार्यमा यथेष्ठ वजेट छुट्याए पनि सोचे अनुरूपको प्रगति गर्न नसकेको तर दोस्रो वर्षमा गाउँ पालिकाले विकासको फड्को मारेको अध्यक्ष श्रेष्ठले दावी गरे । गत वर्ष ७ करोड रूपैयाँ फ्रिज भएको बताउदै अध्यक्ष श्रेष्ठले विकास निर्माणलगायत अन्य योजनाहरू समयमै सम्पन्न गर्न सबैको साथ सहयोगको अपेक्षा आफुले गरेको बताए । गाउँपालिकाले सबै जातजाति, वर्ग, समुदायका लागि वजेट छुट्याएको बताउदै अध्यक्ष श्रेष्ठले त्यसको चासो र हेक्का सम्बन्धित समुदायका अगुवाहरूले लिई वजेटको सदुपयोग गर्नसमेत आग्रह गरे । ‘आदिवासी जनजाति, महिला, वालवालिका, मधेशी, युवालगायत सबै शिर्षकमा गाउँपालिकाले बजेटको विनियोजन गरेको छ’ अध्यक्ष श्रेष्ठले थपे वजेट विनियोजन गरे अनुरूप कार्य भए नभएको र जनताको समस्या पिरमार्का बुझ्न जनताको संवादमा आफु गाउँ गाउँ टोल टोल हिड्ने गरेको छु ।’

गौैरीगंंज गाउँपालिका वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरीको अध्यक्षमा भएको कार्यक्रममा वार्ड नं. ३ का वार्ड अध्यक्ष मखना महतो, २ नं. वडाका अध्यक्ष अघगु प्रसाद राजवंशी, १ का अध्यक्ष कार्तिकलाल राजवंशी, पुर्व गाविस अध्यक्ष देवी प्रसाद राजवंशी, नेकपा प्रतिनिध विष्णु न्यौपाने, केदार ढुंगेल, प्रहरी निरीक्षक गणेश भट्टराई, पाण्डव झा, कांग्रेस गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीहरूले यश किसिमको शुभकामना आदानप्रदान कार्यक्रम पहिलो पटक वार्डले राखेर सर्हानिय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । वार्ड सदस्य राजकुमार राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन वार्ड सचिव अजय साहले गरेका थिए ।