झापा: प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिताको उपाधी कमल गाउँपालिका अन्र्तगतको कमल खेलकुद विकास समितिले जितेको छ ।

झापाको दमक ३ शनिबार सम्पन्न भएको प्रतियोगिताको फाइनलमा फेन्स क्लब भुटान विआरसीलाई १ ० गोलअन्तरले हराउदै कमलले उपाधि जितेको हो । पहिलो हाफमा कमलका विनोद गुरुङले गरेको एक गोल नै खेलको निर्णायक बन्न पुग्यो । उपाधीसंगै कमलले नगद ५० हजार ५ रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता फेन्स क्लबले नगद ३० हजार ५ रुपैयाँमा चित्त बुझायो । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यमा पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको दमक ३ का वडाध्यक्ष नविन बरालले बताए ।

दमक नगरपालिकाको संरक्षकत्व र वडा नं ३ को संयोजकत्वमा सञ्चालन भएको सो प्रतियोगिताको समापन समारोहमा प्रतियोगिता अवधीभर प्रत्येक खेलको म्यान अफ द म्याचलाई समेत पुरस्कृत गरिएको थियो । दमक ३ स्थित चुलाचुली स्कूलको खेलमैदानमा गत असोज २९ गतेदेखि शुरु भएको सो प्रतियोगितामा दमक र आसपासका एक दर्जन टीमले सहभागिता जनाएका थिए ।