मोरङ: विराटनगर महानगरपालिका ४ स्थित नोबेल अस्पतालको छतबाट लडेर एक नाबालकको मृत्यु भएको छ ।

शनिबार दिउँसो साढे ४ बजे सोही अस्पतालमा काम गर्ने तारा प्रसाद न्यौपानेको करिब डेढ बर्षका छोरा रिदम न्यौपाने लडेर घाईते भएका थिए । घाइते रिदमको सोही अस्पतालमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।