धरान: तिहार अर्थात यमपञ्चकको दोस्रो दिन आज साँझ लक्ष्मीपूजा हुदैछ । लक्ष्मी पूजाको दिन सयपत्री फुुलको ठुलो व्यापार हुन्छ ।

लक्ष्मीपूजाको दिन सयपत्री फुलको माला उनेर घरमा सजाउने चलन छ । साथै, साँझमा लक्ष्मीपूजामा पनि फुल आवश्यक पर्छ । तसर्थ, आज फुलको धेरै कारोबार हुने गरेको छ । धरान १३ स्थित कृषि उपज बजारस्थलका अनुसार आज बिहान मात्र ४२ वटा पिकअप गाडीमा पहाडी जिल्लाबाट सयपत्री फुल आएको थियो । हिजो काग तिहारको दिन २० टन बढी कारोबार भएको बजारस्थका व्यवस्थापक लक्ष्मण भटराईले बताए ।

tihar-flower3

व्यवस्थापक भटराईका अनुसार आज साँझसम्म २ सय टन बढीको कारोबार हुने अपेक्षा गरिएको छ । ‘औसतमा ३ करोडको फुलको कारोबार आजै मात्र हुने अनुमान छ,’व्यवस्थापक भटराईले भने,‘भोली गोरु तिहारको दिन पनि भाइटिकाको लागि फुल किन्नेहरुको भिड हुन्छ ।’

यो बजारमा बिशेष गरी धनकुटाको कागते, डाँडाबजार र सिधुवा करिडोरमा उत्पादन भएको फुल आउने गरेको छ । यस्तै, मोरङको उत्तरी क्षेत्र, संखुवासभा र भोजपुरबाट पनि तिहारको लागि उत्पादन भएको फुल यो बजारमा आउछ । यहाँबाट खुद्रा व्यापारीहरुले किनेर बिक्रीमा लैजाने गरेका छन् । फुल बिहान मुठाको कम्तीमा ६० रुपैयासम्म सर्वसाधारणहरुले खरीद गरेका थिए ।

tihar-flower1 tihar-flower6 tihar-flower5 tihar-flower4 Tihar-flower8 Tihar-flower7 tihar-flower9