मोरङ: मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो डाँगीहाट गोल्डकप फुटबलको उपाधिका लागि व्वाईज युनियन क्लब र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

लक्ष्मीमार्गस्थित स्थानीय खेल मैदानमा आज अपराह्न ३ बजे प्रतियोगिताको उपाधि भिडन्त सुरु हुनेछ । फाइनलका लागि दुबै टोलीले ए डिभिजन लिग खेलिसकेका खेलाडीलाई टोलीमा राखेका छन् । सेमिफाइनलमा व्वाईज युनियनले चर्च व्वाईज युनाईटेडलाई तथा धरानले आयोजकको रातो टोलीलाई हराउँदै उपाधि यात्रा तय गरेका हुन् । गोल्डकपको उपाधि विजेताले ३ लाख तथा उपविजेता टोलीले २ लाख १ हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगितामा ८ टोली सहभागी छन् ।