धरान: तरुण दलको ६६ औं स्थापना दिवसको अवसरमा धरान १३ स्थित वीपी स्मृति पार्कमा सरसफाई र डस्टविन वितरण कार्यक्रम भएको छ ।

धरान १३ र २० को सिमानामा पर्ने सर्दु खोला निर्माणाधिन पार्कमा आज तरुण दल धरान वडा नं १३ को आयोजना र उपमहानगर कमिटिको संयोजनमा कार्यक्रम भएको हो । पार्क क्षेत्रमा सरसफाई गर्नुका साथै तरुण दलले ३ वटा डस्टविन पनि वितरण गरिएको नगर अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए । हामीले पार्क क्षेत्रमा सरसफाई गर्यौं, र पार्क निर्माण समितिलाई डस्टविन पनि वितरण गर्यौं, उनले भने । वितरण गरिएको डस्टविन तरुण दल १३ नं वडा समितिको सौजन्य भएको पनि उनले खुलाए ।

tarun-dal5

तरुण दलले पार्क क्षेत्रमा फोहोर मैल व्यवस्थापन गर्नको लागि डस्टविन वितरण गरेको जनाएको छ । तरुण दलले पार्क निर्माण समिति अध्यक्ष चक्र खड्का, सचिव सुमन श्रेष्ठलगायत पदाधिकारीहरुलाई डस्टविन हस्तान्तरण गरेका थिए । कार्यक्रमका बिशेष अतिथिसमेत रहेका उनले स्थापना दिवसको अवसरमा राजनीतिक गतिविधि भन्दा पनि सामाजिक गतिविधिलाई प्राथमिकता राखेर कार्य गर्ने गरिएको बताए । बर्षै पिच्छे सामाजिक कार्य गछौं । विगतमा पनि रक्तदान, खाद्यान्न वितरण जस्ता कार्यहरु गरेका छौं, आउदो दिनमा पनि यस्तै सामाजिक कामलाई महत्व दिन्छौं, उनले भने ।

कार्यक्रम नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुरेशमान श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजना भएको थियो । क्षेत्रीय सभापति श्रेष्ठले युवाहरुले राजनीति मात्र नभै सामाजिक क्रियाकलापमा पनि अघि बढ्नुपर्ने धारणा राखे । युवाहरुले राजनैतिकरुपमा पनि नेतृत्व लिने र समाजलाई रुपमान्तरण गर्न अहम भुमिका हुने भन्दै उनले उत्प्रेरणा पनि जगाए । आजै साँझ स्थापना दिवसको अवसरमा भानुचोकमा दिप प्रज्वलन गरिने तरुण दलले जनाएको छ ।

tarun-dal3 tarun-dal1