इटहरी : तिहारको नाममा सार्वजनिक ठाउँमा मादक पदार्थ खाने, हो हल्ला गर्ने, धुम्रपान गर्ने तथा देउसीभैलोको नाममा चन्दा माग्ने पुरानै फम्र्याट हो । तर, यसपटक भने तिहारको नाममा जथाभावी चन्दा माग्ने र हो हल्ला गर्नेलाई इटहरी उपमहानगरपालिका वडा नं. २० ले कारबाही गर्ने भएको छ ।

इटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार तिहार सांस्कृतिक पर्व रहेको भएपनि यो विकृति रहेकाले यसलाई रोक्नका लागि यो अभियान चलाईएको हो । अन्य बर्षहरुमा तिहारको नाममा चन्दा माग्ने गरेकाले विपन्न परिवारमा सकस पर्छ, श्रेष्ठले भने, पर्वको नाममा कसैको घरमा क्रण भित्रन नदिनका लागि पनि हामीले यो अभियान चलाईएको हो । उनका अनुसार वडा कार्यालयले देउसे भैलो टिमलाई बढीमा दुई सय ५१ रुपैँया भन्दा बढी दिन नपाईने नियम लागू गरेको छ । जथाभावी पटाका जलाउने गरेकाले पनि समाजमा असर परेको बताउँदै उनले यसलाई पनि नियन्त्रण गर्नका लागि आँफूहरुले प्रहरीसँग सहकार्य गरेको बताए । तरहरालाई शीष्ट र सभ्य समाज निर्माण गर्नका लागि पनि यो काम गर्न आवश्यक रहेको छ, उनले भने, तिहारको नाममा चन्दा माग्ने र सामाजिक असर पर्ने काम नगर्न सबैमा आह्वान गर्दछौँ । उनले राती बढीमा १० बजेसम्म मात्र देउसी खेल्न पाईने बताउँदै तिहार सकिएको साता बितिसक्दा पनि देउसीको नाममा चन्दा माग्नेलाई अन्त्य गर्ने बताए । चाडपर्वको नाममा भड्किलो नबनाउँन अपिल गर्दै उनले जुवातास खेलेर आँफू पनि बद्नाम बन्ने र समाजको पनि प्रतिष्ठा नजोगिने भएकाले यो कार्य बन्द हुनुपर्ने बताए ।

अरुको अधिकार हनन नगरौँ, आफ्नो अधिकार प्रयोग गरौँ, उनले भने, तिहारमा हुने जुवातासको समेत निर्मूल पार्न हामीले अभियान चलाईराखेका छौँ । उनले खर्चिलो र भव्य तिहार रहँदै आएकाले यसमा पनि सचेत रहन आग्रह गरे । आर्थिक रुपमा समस्या र मादक पदार्थ बढी चल्ने गरेको छ, उनले भने, तिहारमा दुर्घटनाबाट निधन समेत हुने भएकाले जुवातास खेल्ने र सार्वजनिक ठाउँमा मापसे गर्ने दुबैलाई कानुन बमोजीम कारबाही हुन्छ । उनले तिहारमा दशौँ हजार रुपैँया दिनुपर्ने चलन हटाउँनुपर्नेमा जोड दिए । १६ बर्ष भन्दा कम उमेर समूहका मानिसहरुलाई तरहरामा दीर्घकालीन सम्मका लागि मद्यपान र धुम्रपान किन्न पठाउँने र बेच्ने दुवैलाई कारबाही गर्ने श्रेष्ठले बताए । यो हामीले बनाएको नियम होईन कानुनमै भएको कुरा हामीले लागू गर्न मात्र खोजेका हौँ, श्रेष्ठले भने ।