इटहरी :  संस्कृति सम्पदा हाम्रो पहिचान नेपाल सम्बत राष्ट्रिय अभियान भन्ने नाराका साथ नेपाल सम्बत ११४० को अवसर पारेर सुनसरीको इटहरीमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

नेवा: मिसा पुच:को संयोजन तथा नेवा: देय् दवु इटहरीको आयोजनामा भएको शुभकामना आदान प्रदानमा नेपाल सम्बतलाई सरकारी कामकाजमा समेत प्रयोग गरिनु पर्नेमा जोड दिइयो । लक्ष्मीप्रकास श्रेष्ठको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान साथै प्रभात फेरीपछि आयोजित कार्यक्रमका प्रमुख अतिथी नेवा: देय् दवु प्रदेश नम्बर १ का संयोजक सोमबहादुर श्रेष्ठले नेपाल सम्बतलाई नेवार समुदायको मात्र ठान्नु नहुनेका जोड दिए ।

कार्यक्रममा समाजसेवी राजेश श्रेष्ठ , अमला श्रेष्ठ नेवापुच इटहरी अध्यक्ष विनोद चोच्छे लगायतको सहभागिता रहेको थियो ।