धरान: तिहार झिलिमिलि बत्ति र फुलको मात्र होइन, सेलरोटीको पनि हो । सेलरोटी विनाको तिहार एक किसिमले खल्लो झैं हुन्छ ।

तिहारमा सेलरोटीको महत्व उहिल्यैदेखिको हो भन्ने कुरा देउसी टोलीले भट्याउने शब्दबाट पनि थाह हुन्छ । देउसे टोलीले सेलरोटी चाखुम भनेर उहिल्यैदेखि नै भट्याउने गरेका छन् । प्रायः तिहारको चौथो दिन अर्थात गोरुपूजाको दिन घरमा सेलरोटी पकाउने चलन छ । अघिल्लो दिन अर्थात लक्ष्मीपूजाको साँझमा चालम भिजाएर राखिन्छ । र, भोलीपल्ट बिहानै उठेर ओखलमा पिठो कुटिन्छ । पहिलो काठको ओखल हुन्थ्यो, अचेल भने शहरबजारमा फलामको सानो आकारको ओखलमा कुट्ने गरिन्छ ।

selroti,

त्यसरी कुटेको पिठोमा पानी, घ्यु र चिनी हालेर घोलिन्छ । अनि, तातो तेलमा सेलरोटी तयार हुन्छ । सेलरोटी पकाउनु पनि कला हो । जो कोहीले पकाउन जान्दैनन् । हाम्रा गाउँघरका ज्येष्ठ महिलाहरुले भने राम्रो सेलरोटी पकाउन सक्छन् । अचेल शहरमा प्रतिगोटा २०, २५ रुपेैयामा सेलरोटी किनेर खाने चलन पनि छ । अरुबेला पनि सेलरोटी त्यसरी किन्न पाइन्छ, तर तिहारको सेलरोटीको स्वाद नै अर्कै हुन्छ । भाइटिकाको दिन टिका लगाएर दिदीबहिनीहरुले आप्mना दाजुभाईहरुलाई सेलरोटी पनि दिने चलन छ ।

selroti8

selroti62

selroti7 selroti4 selroti9