सुनसरी: भ्रमण बर्ष २०२० लाई सफल बनाउन गाउँगाउँमा युवा तथा बिभिन्न संघसस्थाहरुले मौलिकपन र सस्कृतिलाई जर्गेना गर्दै देउसीभैलो कार्यक्रमको आयोजना गरेका छन् ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन इटहरीका युवाहरुले नेपाल भ्रमण बर्ष २०२० लेखिएको टिसर्टसहित मौलिक ढंगबाट देउसीभैली खेलेका हुन् । पुर्वी क्षेत्रमा पर्यटनको प्रचारप्रसार अपेक्षा अनुसार हुन नसकेको भन्दै आफ्नो गाउलाई पनि पर्यटन क्षेत्रको रुपमा बिकास गर्न तथा सँस्कृतिको जर्गेना पनि गर्दै देउसी कार्यक्रमको आयोजना गरिएको हो । पर्यटन बर्षलाई सभ्य र भब्यताको साथमा सफल बनाउन सके समृद्ध नेपालको चाहान पुरा गर्न सकिने कुरालाई ध्यानमा राख्दै भिन्न सोचले यो देउसी कार्यक्रमको आयोजना गरिएको इटहरी सैनिक टोल निवासी भिष्म धमलाले बताए ।

deusi1

पछिल्लो समय बिभिन्न सामाजिक संघसस्थाले मौलिक रुपमा सस्कृतिलाई जर्गेणा गर्ने उद्धेश्य सहित देउसी भैलो कार्यक्रमलाई प्रथमिक्ता दिदै आएका छन् । परम्परादेखि चलिआएको चलनलाई जोगाउनुका साथै आउने पिढीलाई पनि सिकाउनका लागि भड्किलो भन्दा मौलिक रुपमा देउसी खेल्ने र संकलन भएको रकमलाई सामाजिक काममा खर्च गर्ने रोटरी क्लब अफ् इटहरीकी अध्यक्ष अनिता अधिकारीले बताईन् ।