झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका उपाध्यक्ष नैनसिंह भण्डारीको निधन भएकाे छ । भण्डारीकाे सोमबार साँझ निधन भएको हाे ।लामाे समयदेखि फाेक्साेकाे क्यान्सरबाट पीडित भण्डारीकाे काठमाडाैंका विभिन्न अस्पतालमा उपचार गराएपनि सम्भव नहुनेभएपछि झापानै फर्काइएकाे थियाे ।

पछिल्लाे समय भण्डारी निमाेनियाबाट समेत ग्रसित रहेकाे र झापाका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि निकाे नभएकाे राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले बताए ।
२०६२ साल माघ २६ गते ५८ वटा नगरपालिकामा भएकाे निर्वाचनमा भण्डारी दमककाे नगर प्रमुख बनेका थिए । भण्डारीकाे आज दिउँसाे १ बजे कन्काई माईमा अन्त्येष्टि गरिने राप्रपा झापाले जनाएकाे छ