धरान : धरानमा हातहतियार सहित पाँच युवा पक्राउ परेका छन् । धारिलो हतियार तरवार, खुकुरी, चक्कु बोकेर हिडिरहेका ५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ पर्नेहरुमा धरान १५ बगरकोटका २२ वर्षीय बिशाल राई, २४ वर्षीय दिवस राई, धरान १७ रेलवे वस्ने २८ वर्षीय गोपाल श्रेष्ठ, २२ वर्षीय बिजय खड्का र धरान ५ देउराली बस्ने १९ वर्षीय विवेक राई रहेका छन् । उनीहरुलाई इलाका मातहतका प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले छुछट्टाछ्ट्ै स्थानबाट पक्राउ गरेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । राती, विहानको समयमा खुकरी, छुरी, तरवार लुकाएर बोकी हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालत खुले पछि उनीहरुलाई म्याद थप गरि अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।