बराहक्षेत्र: सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ राजाबास स्थित सरस्वती माबीको खेलमैदानमा कात्तिक १४ गतेदेखि २१सम्म प्रतियोगिता संचालन हुने भएको छ ।

१ नम्बर प्रदेश स्तरीय प्रथम राजाबास गोल्डकपको तयारी पूरा भएको राजाबास युथ क्लबका अध्यक्ष विशाल लिम्बूले बताए । १ नम्बर प्रदेश स्तरीय प्रथम राजाबास गोल्डकप प्रतियोगितामा जम्मा ८ टिमले सहभागी रहेको छ । न्यु स्टार फुटबल क्लब बराहक्षेत्र ५ कालाबन्जार ,डि एफ सि फुटबल क्लब मोरङ , कल्चरगुन क्लब चक्रघटी , बराहक्षेत्र फुटबल क्लब चतरा , आयोजक राजाबास युथ क्लब, रेडह्र्स फुटबल क्लब इलाम , चर्च ब्याइज फुटबल क्लब काठमाडौ र TWYC बिराटनगरले भाग लिएको लिम्बूले बताए ।

उक्त प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११ छ भने दोस्रो हुनेलाई ५५ हजार ५ सय ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ । भने प्रत्येक दिन म्याच अफ द म्याच ३ हजार साथै ट्रफी रहेको छ।अन्य बिदागत पुरस्कर नगदसहित रहेको छ । भने उक्त प्रतियोगिता १ नम्बर प्रदेश सामाजिक बिकास मन्त्रालयको संरक्षण रहेको छ भने प्रायोजक भरत बिष्टले गरेका छन भने बराहक्षेत्र नगरपालिका कार्यालय र वडा नम्बर ९ को बिशेश सहयोग रहेको लिम्बुले बताए ।