काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमको कप्तान ज्ञानेन्द्र मल्ललाई दिइएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले पारस खड्काको राजीनामा स्वीकृत गर्दै मल्ललाई नेतृत्व दिएको हो । मल्ल उपकप्तान रहँदै आएका थिए ।

यस्तै अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । क्रिकेट संघको नयाँ नेतृत्व आएपछि खड्काले कप्तान पदबाट राजीनामा घोषणा गरेका थिए ।

खड्काले गत आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए ।

पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तान रहेका थिए भने खड्काको कप्तानीमा ज्ञानेन्द्र उपकप्तान रहेका थिए ।