झापा : २०७६ सालको हिन्दु धर्मावलम्वीहरुको दोस्रो ठुलो महानचाड दिपावली १ नम्बर प्रदेशमा शान्तपुर्बक सम्पन्न भएको छ । प्रदेश प्रहरी कार्यालयले लागु गरेको बिशेष सुरक्षा योजनाको परिणाम स्वरुप कुनै ठुला अपराधको घटना नघटी यस बर्षको दिपावली सम्पन्न भएका हो ।

चाडपर्बका अबसरमा हुने जुवातास, झै–झगडा, चोरी लुटपाट जस्ता सामाजिक अपराधहरुमा अघिल्लो बर्षको तुलनामा यो बर्ष निकै कमी आएको छ। सुनसरीको धरान एरियामा घरेलु हात हतियारहरु देखाई धाक धम्की दिई लुटपाट गर्न खोज्ने वा ज्यान मार्ने धम्की समेत दिने ५ जनालाई हतियार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै ठुलो रकमको बाजी राखी जुवा तास खेल्ने र खेलाउने ५८ जना जुवाडेलाई नियन्त्रणमा लिइएको थियो । जुवा खालबाट ३० बुक तास, १६ थान कौडा र नगद ८ लाख ४३ हजार ५ सय ८२ रुपैया समेत फेला पारी बरामद गरिएको थियो । चाडपर्व मनाउने नाममा यस्ता किसिमका जुवातास खेलेर सामाजिक बिकृती फैलाउने तथा घर परिवार नै बिग्रने, यस्ता कृयाकलापले समाजको वातावरणमा प्रतिकुल असर पर्ने कुरालाई मध्यनजर राखी यसलाई नियन्त्रण गर्नका लागी विशेष अपरेसन चलाएको प्रहरीले प्रहरीले जनाएको छ ।

traffic

यस्तै दिपावाली भरिमा १ लाख १८ हजार बराबरको पटका र पटका ओसार पसारमा संग्लग्न २ जनालाई नियन्त्रणमा लिईएको छ ।सवारी साधनको ब्यवस्थापन,बिभिन्न स्थानमा सवारी चालक तथा यात्रूहरुलाई सचेतना जगाउने उदेश्यले चेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो । मापसे चेकजाँचका लागी ट्राफिकको संख्या बडाई चेकीङ कार्यलाई तिब्रता दिईएको थियो तथापी यस बर्षको दिपावाली अवधीमा मादक पदार्थ सेवन, चालकको लापरवाही, तिव्र गति, सडकको दुरावस्था, प्रयाप्त सवारीको अभाव, यात्रुवर्गमा चेतनाको कमी जस्ता विविध कारणवाट १ नम्बर प्रदेश भरिमा बस ७, माईक्रो १, कार जिप १,ट्याक्टर १, ट्याम्पो ३, मोटरसाईकल–२६ र साईकल २ वटा गरी जम्मा ४१ साधनहरु दुर्धटनामा परेका थिए । सो दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन भने ५३ जना घाईते भएका छन ।

यसै गरी दिपावाली भरीमा प्रदेशका बिभिन्न स्थानहरुमा ११ जनाले झुण्डीएर र ३ जनाले बिषादी सेवन गरेर आत्महत्या गरेका छन् भने झुण्डीएर आत्महत्या गर्ने क्रममा २ जना र बिषादी सेवनबाट १४ जना घाईते भएका छन् भने बिभिन्न स्थानहरुबाट लडेर ४ जनाको मृत्यु भएको छ। मादक पदार्थ सेवन गरी कुटपीट तथा झै झगडा हुँदा १ जनाको मृत्यु भएको छ । २० जना घाईते भएका छन् । दिपावली गर्ने क्रममा ५ घरमा आगलागी हुदा ४२ लाख बराबरको क्षति भएको छ । यस्तै बिद्युत सर्ट भएर १० घरमा आगलागी भएको र अन्दाजी १ करोड ४५ लाख बराबरको क्षति भएको छ । आगलागीमा परी २ जनाको मृत्यु र ३ जना घाईते भएका छन् ।

अत्याधिक मादक पदार्थ सेवनका कारण १ जनाको मृत्यु भएको छ । यसै गरी पानीमा डुबेर १ जनाको बालकको मृत्यु भएको छ। दिपावालीकै समयमा मादक पदार्थ सेवन गरी एक आपसमा झगडा भई खुकुरी हानाहान हुदा ४ जना घाईते भएका छन। यस्तै ४ वटा जबरजस्ती करणीका घटना भएको छ भनि नदीले बगाउदा १ जना बेपत्ता भएका छन।