बराहक्षेत्र: सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ राजाबासस्थित सरस्वती माबीको खेलमैदानमा प्रदेश नं १ स्तरीय प्रथम राजाबास गोल्डकप शुरु भएको छ ।

आज भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यु स्टार फुटबल क्लब कालाबञ्जारले डाँगीहाट फुटबल क्लब मोरङलाई ३-० गोलअन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ । न्यु स्टारका दिनेश राईले पहिलो हाफको १० मिनेटमा नै खाता खोलेका थिए । उनले अशोक खवासले दिएको पासलाई गोलमा परिणत गरेका थिए । यस्तै, दोस्रो हाफको ४५ औं मिनेटमा विपिन पराजुलीले गोल गर्दै खेल २-० बनाए भने ५० औं मिनेटा दिनेश राईले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० गोलले जित दिलाए ।

football 1

पहिलो हापमा डागिहाट फुटबल क्लबका बिक्रम धिमालको प्रहार सिधै पोस्टमा ठोकिन पुगेको थियो । खेलको म्यान अफ दि म्याच न्यु स्टारका दिनेश राई घोषित भए । उनलाई बराहक्षेत्र नगरपालिका उपमेयर कमला मगरले नगद ३ हजार र मेडल प्रदान गरेका थिए । राजाबास युथ क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि बराहक्षेत्र नगरका मेयर निलम खनाल रहेका थिए । प्रतियोगितामा भोली दोस्रो दिन कल्चरल गरून् क्लब चक्रघटी र बराहक्षेत्र फुटबल क्लब चतरा बीच हुने क्लबका सचीव रोनि बिष्टले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सयसहित ट्रफी पाउनेछ । प्रतियोगितालाई १ नम्बर प्रदेश सामाजिक बिकास मन्त्रालयको बिशेष सहयोग रहेको छ भने प्रायोजन भरत बिष्टको रहेको आयोजक क्लबका अध्यक्ष बिशाल राईले बताए ।

football1