इटहरी: इटहरी उपमहानगरपालिका वडा नंं. २० तरहरा पानीपियामा धाकधम्की दिएर बलात्कार गर्ने बिजय राईलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार उनले यसअघि कात्तिक १३ गते जंगलमा लगेर एक युवतीलाई बलात्कार गरेको उजुरी परेको थियो । यसअघि प्रहरी आफैले घटनाबारे जानकारी दिन आनाकानी गर्दै आएको थियो । प्रहरीले घटना पछि फरार भएका राईलाई विहीबार पक्राउ गरेको जानकारी दिएको छ ।

इटहरी ८ गैसार बस्ने २१ बर्षीय राईले एक युवतीलाई भनेको नमाने ज्यान मार्ने र परिवारका सदस्यलाई समेत मार्ने धाकधम्की दिई जवरजस्ती मोटरसाईकलमा बसाएर जंगल पुर्याएको र बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भण्डारीले बताए । उनले भने,'घटनामा प्रयोग गरेको को ३८ प ८५४ नं. को पल्सर मोटरसाईकल समेत हामीले नियन्त्रणमा लिएका छौँ, उनलाई ५ दिनको म्याद थप गरी हामीले अनुसन्धान गरिरहेका छौँ ।'