लहान : सिरहाको नरहा गाउँपालिका-३ चोहर्वाबाट ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीको टोलीले गोलबजारका चार युवकलाई एक हजार १ सय ८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१० का २० वर्षीय रोशनकुमार यादव, सञ्जितकुमार यादव, १८ वर्षीय सञ्जित मुखिया र २१ वर्षीय संजय मुखिया रहेका छन् । ती युवकहरुको साथबाट प्लाष्टिकमा प्याक गरिएको ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गर्ने स ५ प ३६०३ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।