नडाहा : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ राजाबासस्थित सरस्वती मावीको खेलमैदानमा कात्तिक १४ गतेदेखि २१ सम्म संचालन भएको १ नम्बर प्रदेश स्तरीय प्रथम राजाबास गोल्डकपको आज (शुक्रबार) भएको दोस्रो खेल अन्तर्गत बराहक्षेत्र फुटबल क्लब चतरालाई टाइब्रेकरमा ४ २ गोलको अन्तरले पराजित गर्दै कल्चरल गृन क्लब चक्रघटी सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हापमा कल्चरल गृन क्लब चक्रघटीका जर्सी नम्बर ५ विशाल मग्रातीले खेलको २४ औं मिनेटमा गोल गर्दै पहिलो खाता खोलेर खेल अगाडि बडाए । पहिलो हापसम्म कल्चरल गृन क्लबको कब्जामा रहेको खेल दोस्रो हापको ३७ औं मिनेटमा बराहक्षेत्र फुटबल क्लब चतराका जर्सी नम्बर ८ सुलभ मास्केले गोल गर्दै खेल बराबरी भयो ।

चतराकै जर्सी नम्बर ७ आकाश राईले गोल गर्ने अवसर पाए पनि गोल गर्न भने सकेन । यता कल्चरल गृन क्लबले दोस्रो हापको खेलमा गोल फर्काउन नस्कदाँ खेल टाइब्रेकरमा पुगेको थियो ।
बराहक्षेत्र फुटबल क्लब चतराका अमर श्रेष्ठ र दिवस लिम्बूले गोल गरे भने बिष्णु सुनुवार र अकास राईको प्रहार पोस्टमा ठोकिएर गोल हुन सकेन । कल्चरल गृन क्लब चक्रघटीका प्रकाश भुजेल, युवराज श्रेष्ठ, धिरेन लिम्बु र मिलन लिम्बूले गोल गर्दै खेललाई अग्रता दिलाउन सफल भए भने खेल अवधिभर राम्रो प्रदर्शन गरेको कल्चरल गृन क्लबका जर्सी नम्बर ४ प्रकाश भुजेल म्याच अफ द म्याच घोषित भए । उनलाई बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष फारिन्द्र भट्टराईले नगद ३ हजार रुपैयाँ साथै मेडल र प्रमाणपत्र प्रदान गरे ।

0

उक्त प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद ५५ हजार ५ सय रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा १ नम्बर प्रदेश सामाजिक बिकास मन्त्रालयको विषेश सहयोग रहेको छ भने प्रायोजक भरत बिष्टले गरेको तथा बराहक्षेत्र नगरपालिका कार्यालयको संरक्षण रहेको छ । यस्तै वडा नम्बर ९ को पनि विषेश सहयोग रहेको अध्यक्ष बिशाल राईले बताए ।
राजाबास युथ क्लबको आयोजनामा भएको उक्त प्रतियोगितमा भोलि शनिबारको खेल आयोजक राजाबास युथ क्लब र टिडब्लुवाइसि बिराटनगरबीच हुने क्लबका सचीव रोनि बिष्टले बताए ।