पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका ४ मेमेङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाईते भएकी छिन् । शुक्रबार राती ११ बजेको समयमा अंदाजी ७० वर्षीय मोहन बहादुर थाम्सुहाङले आफ्नै श्रीमती अंदाजी ६७ वर्षीया फुलमाया थाम्सुहाङलाई घरायसी विवाद हुादा धारीलो हतीयार खुकुरी प्रहार गरेका थिए ।

घटनाबारे गएराती साढे १ बजेको समयमा ईलाका प्रहरी कार्यालय मेमेङ पाँचथरमा जानकारी गराउनासाथ घटनास्थलमा खटिएको प्रहरीको टोलीले घाईतेलाई उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल फिदीम पाँचथर तर्फ लगेको छ भने खुकुरी प्रहार गर्ने श्रीमानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाँचथर तर्फ लगिएको उक्त कार्यालयले जनाएको छ ।