धरान: विगतमा नेपालको तराई क्षेत्रमा मनाइने पर्व छठ अब तराईमा मात्र सिमित छैन । छठ पर्व सबै मुलका नेपालीहरुले मनाउने साझा पर्व बन्दै गएको छ ।

उदाहरणको लागि धरानमा मनाइने छठ पर्वलाई नै हेरौ न । अचेल छठ पर्व मनाउनेहरुको संख्या बर्षेनी बढ्दो छ, र त्यसरी छठ पर्व मनाउनेहरुमा आदिबासी जनजाति, आर्य, खस सबै जाति र समुदायका मानिसहरु छन् । सबै चाडपर्वहरु साझा र समावेशी बन्दै गएको उदाहरण हो यो ।

xat1

छठ पर्व अन्तर्गत शनिबार(आज) साँझ अस्ताउँदो सूर्यलाई धरानमा पनि अर्घ दियएको छ । धरानको दुई ठुला खोला सर्दु र सेउती किनारलाई छठको लागि सिंगारिएको छ । त्यही नै छठका ब्रतालुहरुले अस्ताउदो सुर्यलाई अर्घ दिए । भोली(आइतबार) बिहान उदाइरहेको सूर्यलाई अर्घ्य दिएर कथा वाचन गरेपछि बिहीबारदेखि सुरु भएको यो चार दिने पर्व सकिन्छ ।
 तस्बिर: ललित राई /देवराज पाख्रिन

xat5 xat4 xat10 xat11 xat7 xat12 xat6 xat8