बराहक्षेत्र: सुनसरीको बराहक्षेत्र ९ राजाबासमा सञ्चालन भइरहेको प्रदेशस्तरीय प्रथम राजाबास गोल्डकपमा टिडिवाइसी फुटबल, विराटनगर सेमीफाइनल प्रवेश गरेको छ ।

सरस्वती माविको खेलमैदानमा शनिबार भएको खेलमा टिडिवाइसीले आयोजक राजाबास युथ क्लबलाई ३(० गोलले हराउदै सेमीफाइनल प्रवेश गरेको हो । टिडिवाइसीका मिलन राईले पहिलो हपको ७ मिनेटमा नै खाता खोलेका थिए भने १० औं मिनेटमा भुवन बस्नेतले गोल गर्दै पहिलो हपमा टिमलाई २(० ले अग्रता दिलाए । यस्तै, दोस्रो हपको ४९ मिनेटमा भुवन बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३ ० को गोलअन्न्तरले जिताए ।

खेलमा २ गोल गरेका टिडिवाइसीका भुवन बस्नेत म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार साथै मेडल र प्रमाणपत्र प्राप्त गरे । राजाबास युथ क्लबको आयोजनामा भएको प्रतियोगितामा भोली आइतबार रेड हर्ष क्लब इलाम र चर्च ब्वाइज क्लब काठमाडौ बीच खेल हुने सचिव रोनी विष्टले जानकारी दिए ।