धरान: छठ पर्वको अवसरमा आज धरान उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

आज विदा दिएको सुचना ढिला गरी प्रवाह भएकोले कतिपय खुलिसकेको वडा कार्यालयहरु पनि पुनः बन्द भएको छ । वडा नं १८ का अध्यक्ष प्रविण राईले विदा दिइएको सुचना ढिला गरी आएको कारण वडा कार्यालय खुलिसकेर पनि पुनः बन्द गरिएको जानकारी दिए । ढिला गरी सुचना आयो, हाम्रो त कार्यालय खुलिसकेको थियो, फेरि बन्द गर्नुपर्यो, उनले भने । उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेलले छठको विदा दिइएको बताए ।

बिशेष गरी तराई मधेश क्षेत्रमा मनाइने छठ पर्वको आज अन्तिम दिन हो । चार दिने छठ पर्वमा हिजो साँझ ब्रतालुहरुले अस्ताउँदो सुर्यलाई अघ्र्य दिइएको थियो भने आज बिहान उदाउदो सुर्यलाई अघ्र्य दिएका थिए । आज छठको समापन हो ।

xat8