सिन्धुपाल्चोक: दोलखाबाट काठमाण्डौंतर्फ गइरहेको यात्रुवाहक बस अरनिको राजमार्गमा दुर्घटना भई सुनकोशी नदीमा खसेको छ ।

बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस आज दिउँसो सुनकोशी नदीमा खसेको थियो । मृत्यु हुनेको संख्या यकिन भएको छैन । घाइतेको संख्या ४७ जना रहेको बताइएको छ । उनीहरुको विभिन्न स्वास्थ्य संस्थमा उपचार भइरहेको छ । नदीमा हराइरहेकाहरुको खोजी कार्य पनि जारी छ । कति हराएको वा मृत्यु भएको भन्ने प्रष्ट छैन ।

चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटेस्थित अरनिको राजमार्गमा बस दुर्घटनामा परेको थियो । शैलुङ्गेश्वरी यातायातको बस दिउँसो सवा एक बजे नदीमा खसेको हो। प्रहरीले बस तीव्र गतिका कारण अनियन्त्रित भई नदीमा खसेको अनुमान छ ।