गाईघाट : सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य घटेको छ ।

अन्य उद्योगबाट उत्पादित सिमेन्टसँग प्रतिस्पर्धा गर्न उदयपुर सिमेन्ट उद्योगाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँका दरले घटाइएको छ । यसअघि गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा आठसय तीन रुपैयाँ रहेकोमा तीन दिनअघिदेखि २५ रुपैयाँ घटाएर सात सय ७८ रुपैयाँ निर्धारण गरिएको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए ।
मूल्य घटाउनासाथ बिक्री दोब्बरले बढेको उद्योग प्रशासनले जनाएको छ । नागरिक दैनिकबाट