उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिका २ गेर्खेका गौर बहादुर तामाङको घरमा आगलागी हुँदा अन्दाजी १६ लाख भन्दा बढीको क्षति भएको छ ।

आईतबार दिउँसो १२ बजेको समयमा तामाङको घरमा रहेको सोलार प्यानलको करेन्ट सर्ट भई आगलागी हुँदा ढुङगा माटोले बनेको २ वटा २ तले घर जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सो आगलागी प्रहरी चौकी उदयपुरगढीबाट खटिएको प्रहरी टोली तथा स्थानीयबासीको सहयोगमा दिउँसो २ बजे नियन्त्रणमा आएको तथा मानविय, चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।