काठमाडौं: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातै प्रदेशका प्रमुखको नाम टुङ्गो लगाएर सिफारिश गरेको छ ।

आज बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुमा विष्णु प्रसाईं, शर्मिला त्रिपाठी, धर्मनाथप्रसाद साह, अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार र गोविन्द कलौनीलाई बनाउने निर्णय गरेको हो । प्रदेश प्रमुखको लागि नाम टुंगो लगाए पनि कसलाई कुन प्रदेशको प्रमुख बनाउने निर्णय भने मन्त्रिपरिषदले गर्ने नेकपाले जनाएको छ ।