झापा : झापाको गौरिगञ्ज गाउँपालिका ३ बाट लागुऔषध गाजा सहित २ जना पक्राउ परेका छन् । गौरिगञ्ज ३ का ५७ बर्र्षीय देव नारायण महतो र गौरिगञ्ज ४ का ५० बर्र्षीय बुदलाल राजवंशीले घरबाट नै लागुऔषध गाजाको बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौरिगञ्जबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई घरबाट नै पक्राउ गरेको हो ।

पक्राउ परेका महतोको घरबाट प्रहरीले ५ सय ग्राम गाजा र नगद १ हजार ३ सय ५० बरामद गरेको छ भने राजवंशीको घरबाट २ किलो १२५ ग्राम गाजा तथा नगद ६०० बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । तस्बिर : फायल फोटो