झापा: झापा प्रहरीले आज विहान सुरुङ्गाबाट भारततर्फ तस्करी हुन लागेको दुई ट्रक पशुचौपाया नियन्त्रणमा लिएको छ । दुई ट्रक गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको झापा प्रहरीले जनाएको छ ।

४९ थान गोरु भारत तस्करी हुन लागेको थाहा पाएपछि प्रहरीले कनकाईको तुलसीबारीबाट पक्राउ गरेको हो । बिर्तामोड प्रहरीको नेतृत्वमा बिहान ४ बजे दुबै ट्रक पक्राउ गरिएको डिएसपी मोहन थापाले जानकारी दिए । प्रहरीले ना ५ ख ५९४६ र ना ६ ख ३८४१ नम्बरको ट्रक पक्राउ गरेको छ । लामो समयदेखि प्रहरीलाई छलेर सुरुङा हुँदै झापा गाउँपालिकाबाट पशुचौपाय तस्करी हुँदै आएको थियो । झापा गापाका स्थानीय युवाले तस्करी हुन लागेको थाहा पाएपछि जिल्ला प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाउन जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले बिर्तामोड प्रहरीलाई खवर गरी पक्राउ गर्न निर्देशन दिएका थिए ।

नवलपरासीबाट प्रमोद यादवले पठाएको चौपाय प्रहरीका अनुसार कनकाई नगरपालिका–३ का रमेश खरेलले आयात गरेका हुन् । उनी घैलाडुब्बा बजारको ठेकेदार हुन् । प्रहरीले कहि महिनायता झापा रुटको निगरानी बढाएको थियो । खरेललाई कामाटोलीका दिलिप विश्वकर्माले साथ दिदैं आएका थिए । झापा गाउँपालिकास्थित कामाटोलीमा चौपाया राख्ने केन्द्र(अड्डी) स्थापना गरेर भारतमा निकासी हुँदै आएको छ । झापा गाउँपालिकाले पशु बजारका लागि ठेक्का दिएपछि तस्करीका लागि सोहि बजारलाई प्रयोग गर्दै आएको बताइएको छ । केहि महिनाअघि भारतीय तस्करले नेपाली व्यापारीलाई कुटपिट समेत गरेको घटना बाहिर आएको थियो । दैनिक ४÷५ ट्रक पशुचौपाया तस्करीको लागि झापा गाउँपालिकाको बाटो प्रयोग हुन थालेको छ ।

झापा प्रहरीले तस्करी नियन्त्रणका लागि कडाइ गरेपछि ठुलो परिमाणमा आज चौपाय नियन्त्रणमा लिएको छ । झापाका प्रहरी उपरीक्षक मैनालीले चौपायको तस्करी शूण्यमा झार्ने रणनीति रहेको बताएका छन् । मुख्य राजमार्गबाट दक्षिण तर्फ १ थान पनि लैजान नदिने उनको भनाई छ ।