बराहक्षेत्र: कल्चरल गृन क्लब चक्रघटी बराहक्षेत्रको राजाबासमा जारी प्रदेश १ प्रथम राजाबास गोल्डकप फुटबल प्रतियोगीताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम तथा दोस्रो सेमिफाइनल खेलमा चर्चब्वाइज क्लब काठमाण्डौंलाई टाइब्रेकरमा ३-२ गोलअन्तरले हराउदै चक्रघटी फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेल २-२ को बराबरीमा टुंगिए पछि खेल टाइब्रेकरमा पुगेको थियो । निर्धारित समयको खेलमा चर्चब्वाइजका सुनिल खड्काले खेलको पहिलो हाफको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हपको ४७ मिनेटमा चक्रघटीका भुवन सुब्बाले गोल गर्दै खेल बराबरी बनाए । यस्तै, दोस्रो हाफको ४८ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा चर्च ब्वाइजका सन्तोष न्यौपानेले गोल गर्दै पुनः टिमलाई अग्रता दिलाए । तर, लगत्तै ४९ औं मिनेटमा चक्रघटीका बुद्ध चेम्जोङले गोल गर्दै खेल २-२ को बराबरी बनाए ।

raja-bas

ट्राइबेकरमा चर्च ब्वाइजका उमेश राई, राजेन्द्र रावलले गोल गरे भने रमेश राजवंशीको प्रहार चक्रघटीका गोलरक्षक सचिन श्रेष्ठले बचाए । यस्तै, राज कन्दङवा र सन्तोष न्यौपानेको प्रहार बाहिरिएको थियो । यसैगरी, चक्रघटीका भुवन सुब्बा, रुपेस केसी र कर्ण लिम्बूले गोल गरेका थिए । अजय राजबंशीको प्रहार आउट भयो भने बुद्ध चेम्जोङको प्रहार चर्च ब्वाइईजका गोलरक्षक मनोज प्रधानले बचाए । खेलको म्यान अफ दि म्याच चक्रघटिका बुद्ध चेमजोङ घोषित हुदै नगद ३ हजार पुरस्कार हात पारे ।

अब कल्चरल ग्रीन क्लब चक्रघटी र टिडिटिसी फुटबल क्लब बिराटनगर बीच कार्तिक २१ गते फाइनल खेल हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११ छ भने दोस्रो हुनेलाई ५५ हजार ५ सय ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ ।