धरान: नेपाली भुमी कालापानी, लिपुलेक, लुम्पियाधारालाई कब्जा जमाएर भारतले आफ्नो नक्सामा समेटेको विरोधमा विद्यार्थी संगठन अनेरास्ववियुले धरानमा पनि प्रर्दशन गरेको छ ।

नेकपा निकट विद्यार्थी संगठनले 'गो ब्याक इण्डिया'को नारा लगाउदै धरानमा प्रर्दशन गरेको हो । धरानको छाताचोकस्थित नेकपाको पार्टी कार्यालयबाट विद्यार्थीहरुले नारा लगाउदै र्याली निकालेका थिए । उनीहरुको र्याली भानचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई टिकाराम लिम्बु, जिवि गजललगायत विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए । भारतीय नक्साको विरोधमा आजै राजधानीमा पनि विभिन्न विद्यार्थी संगठनहरुले विरोध प्रर्दशन गरेका थिए ।

kalapani1

यस्तै, नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकको नेपाल कम्यूनिष्ट पार्टीले पनि विज्ञप्ति जारी गरेर राष्ट्रिय स्वाधिनता, सार्वभौमिकतामाथि नाङ्गो आक्रमण भएको भन्दै आपत्ति जनाएको छ। भारतले नेपाली भुमी कालापानीमा धेरै अघिदेखि आफ्नो सेना राखेर कब्जा जमाइरहेको छ । भारतले भर्खर जारी गरेको नक्सामा नेपाली भुमी कालापानी र लिपुलेकलाई आफ्नो भुमीभित्र पारेको थियो । यो नक्सा सार्वजनिक भएलगत्तै नेपालमा भारतको चर्को विरोध भइरहेको छ ।