धरान : आगामी मंसिर १४ गते धरान उपमहानगरपालिकामा हुन लागेको उपनिर्वाचनमा मेयर पदका २३ जना र वडा नं ७ को अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

बुधबार धरान १५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मेयर पदको लागि *१३ दल र ११* स्वतन्त्र सहित २३ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् भने वडा नं ७ को अध्यक्षमा ४ वटा दलबाट उम्मेदवारी दर्ता गराएको छ । दलहरुले उम्मेदवारी दर्ता गराउन वृहत र्याली, झाँकीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदमा नेपाली कांग्रेसबाट मेयर पदमा तिलक राईले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् भने समर्थकमा हरिनाथ बास्तोला रहेका छन् । 

congress2

यस्तै,नेकपाबाट प्रकाश राईले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा इन्दु राई रहेकी छिन् भने समर्थकमा मञ्जु भण्डारी सुवेदी छिन् । यसैगरि, समाजवादी पार्टीबाट गजेन्द्र बहाहुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बरबहादुर लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)बाट कुमार बराइली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन विश्वकर्माले पनि मेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

samajbadi 2

यसैगरि, साझा पार्टीबाट राजनकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी(माले)बाट एकराज सुब्बा, राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, नेपाल लोकतान्त्रिक पार्टीबाट नित्यराज काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टी(लोकतान्त्रिक)बाट भीमबहादुर लिम्बू र आमुल परिर्वतन मसिहा पार्टीबाट छत्रबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । यसरी, मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनेहरुमा दावा शेर्पा, श्यामकृष्ण पहाडी भुजेल, विशाल थापा, हर्कराज राई, निदेश श्रेष्ठ ऐलिसा राई, कुमार भटराई, अमृतकुमार राई, जनार्दन कोइराला, मनराज राई र रुद्र बस्नेत रहेका छन् ।

वडाअध्यक्षमा ४ जनाको मनोनयन दर्ता

subarna-palikhe

धरानको वडा नं ७ मा हुने अध्यक्ष पदको निर्वाचनको लागि ४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अनुसार अध्यक्ष पदमा नेकपाबाट जीवनराज सुवेदीले मनोनयन दर्ता गराएका छन् भने नेपाली कांग्रेसबाट सुवर्णमोहन पलिखेले मनोनयन दर्ता गराएका छन् । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेश शाक्य र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट निता राईले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् ।

jiban-subedi

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार मनोनयन दर्ता गराएकाहरुको सुची प्रकाशन गर्नेलगायतको प्रक्रिया पुरा गरेर मंसिर १ गते उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने बताए । राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराउन जादा वृहत झाँकीसहित र्याली निकालेका थिए । (यसअघि समाचारमा १३ दल र १० स्वतन्त्र भएकोमा सच्याइएको छ। सम्पादक) 

congress 4 prakash-rai2 tilak-rai1 nekapa 3