झापा : पर्यटन भ्रमण वर्ष २०२०’ को पनि प्रचार हुने उद्देश्यले नेपालमा पहिलो पटक गौ संरक्षणका लागि झापाको शिबसताक्षी नगरपालिका ११ मा बुधबारदेखी श्री सताक्षी धार्मिक महोत्सव एवं १०८ कुण्डीय कोटीहोमसुरु भएको छ ।

कोटीहोमको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित महाभारत कालिन इतिहाससँग जोडिएको धार्मिक तथा पर्यटकीय सताक्षीधाममा पहिलो पटक गौ संरक्षणका लागि १०८ कुण्डको कोटीहोम आयोजना गरिएको हो ।

बुधबार आयोजित उद्घाटन समारोहलाई संबोधन गर्दै मुख्यमन्त्री राईले सताक्षी क्षेत्रकोे विकासका लागि आवस्यक बजेट प्रदेश सरकारले उपलब्ध गराउने बताए । पर्यटन भ्रमण बर्ष २०२० सँग जोड्दै यस क्षेत्रलाईपनि महत्वपूर्ण धार्मिक पर्यटकीय केन्द्रको विकास गर्न सिबसताक्षीबाट होक्लबारीसम्मको सडकलाई साढे २४ किमि ३५ करोड ५० लाख बजेट बिनियोजन गरि ठेक्का प्रकृयामा जान लागेको समेत उनले बताए । धार्मिक पर्यटकीय क्षेत्रको प्रबद्र्धनका लागि प्रदेश सरकारले यस सताक्षीधामलाई कुनैपनि अभाव हुन नदिने उनले प्रतिबद्धता समेत जनाए ।

satakxi

उद्घाटन समारोहमा आगन्तुक सम्पूर्ण धर्मअनुरागी भक्तजन, बिशिष्ट ब्याक्तित्व लगायतलाई स्वागत मन्तब्य राख्दै शिबसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले महोत्सबले सबैलाई एकै सुत्रमा बाधेको बताए । यस्तै महोत्सबको औचित्यमाथि प्रकाश पार्दै गोलोक गोबद्र्धन गौशालाका संरक्षक श्री आचार्य नन्दकिशोर भारद्धाजले गौ शंरक्षणका लागि यो कार्यक्रमको आयोजना गरिएको बताए । उनले आफुले बाटोमात्र देखाएको बताउदै उहाले यसलाई निरन्तरता दिने दायित्व सबैको भएको धारणा राखे । यस्तै उनले समय समयमा आयोजना गरिने यज्ञले प्रकृती पर्यावरणमा समेत सघाउ पुग्ने बताए ।
त्यसै महोत्सव आयोजक समिति संयोजक समेत रहेका जिल्ला समन्वय समिती झापाका सभापति सोम पोर्तेलले झापामा धेरै पर्यटकीय स्थलहरु रहेको तर पर्याप्त प्रचारप्रसारको अभाव भएको स्विकार गर्दै प्रचारको अभावले धार्मिक पर्यटक भित्र्याउन नसकेको बताए । झापामा रहेका अन्य रमणीय धार्मिक पर्यटकीय क्षेत्रका बारेमापनि प्रचार गर्न यो महोत्सब फलदायी हुने उनको भनाइ थियो ।

उद्घाटन समारोह अघि धाम परिसरबाट कलश सोभायात्रा गरिएको थियो । सताक्षीधामबाट सुरु कलश यात्रा पबित्र तिर्थस्थल कन्काई माईबाट दोमुखा पुगेर कोटिहोम हुदै अर्जुनधारा पुगेको थियो । अर्जुनधाराबाट कलशमा जल भरेर पुन धार्मिक महोत्सबस्थल सताक्षीधाम आएर कलश यात्रामा सहभागीहरु उद्घाटन समारोहमा सहभागी भएका थिए ।
कोटीहोममा नेपाललगायत विश्वका ५५१ जना ब्राह्मणले दैनिक होम गर्ने आयोजकले जनाएको छ ।

यो संख्यामा पोल्याण्ड, सिंगापुर, भारत, अमेरिका, जोर्डन र जर्मनका चर्चित धार्मिक वक्ता पनि रहनेछन् । कोटीहोममा आउने अतिथिका लागि करिब ३५ वटा कुटी निर्माणको अन्तिम चरणमा पुगेको छ । एउटा कुटीमा बढीमा ४ जनासम्म विदेशी पाहुना अटाउन सक्नेछन् । कोटीहोममा आगन्तुक पाहुनाको स्वागतका लागि पूर्व पश्चिम राजमार्गमा ३० वटा स्वागत द्वार निर्माण गरिएका छन् भने सहायक मार्गमा १० वटा स्वागत द्वार निर्माण गरिएको होत्सब मुल समारोह समितिका संयोजक सोम पोर्तेलले जानकारी दिए । महोत्सब मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ ।