धरानः नेपाली कांग्रेसको धरदैलो अन्र्तगत धरान १३ मा नेकपासहित विभिन्न पार्टीमा आवद्ध १७ जना युवाहरु नेपाल तरुण दलमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसबाट मेयरका उमेद्वार तिलक राईको चुनावी घरदैलोको क्रममा उनीहरु आज बिहिबार कांग्रेस प्रवेश गरेका हुन् । कोलिनी मास्तिरको सखुवागाछीमा नेपाल तरुण दलका १३ नम्वर समिति सचिव दिपक लिम्बुको सक्रियतामा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा पुर्व वाईसिएल धरान नगर सदस्य मोहनकुमार चेम्जोङ्ग, सुर्वण मगर, शिव शाक्य, सुजन लिम्बु, मनिता तामाङ, अनिता चेम्जोङ्ग, सुवन राई, पाहाङ राई, बुद्ध राई,सन्देश राई, विधान राई, सुनम खड्का, रविन लामा, निरजा प्रधान, रिवन लिम्बु, राप्रपा नेपालका प्रकाश खवास, लिम्बुवान मञ्चका सन्तोष श्रेष्ठ गरि १७ जना युवाहरु तरुण दलमा प्रवेश गरेका हुन् । उनीहरुलाई मेयरका उमेदवार तिलक राईले फुलमाला तथा अबिर लगाएर प्रवेश गराएका थिए ।

tarun-dal-prabesh1--(1)