काठमाण्डौं : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको ४ दिने सद्भावना भ्रमण सकेर आज स्वदेश फर्कदैछ ।

आज साँझ ५ बजे हमिद सहितको बंगलादेशी टोली ढाका जानेछ । नेपाल भ्रमणका क्रममा राष्ट्रपति हमिदले राष्ट्रपति विद्यादेवि भण्डारी सहितका उच्चस्तरीय भेटघाट गरे । बिहीबार पोखरा पुगेका राष्ट्रपतिले बुधबार भक्तपुर दरबार स्क्वायरको समेत भ्रमण गरे । राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षीलाई विमानस्थल पुगेर विदा गर्ने कार्य तालिका रहेको छ । भ्रमणका क्रममा राष्ट्रपति हमिद र नेपाली पक्षबीच द्विपक्षीय सम्बन्ध, उर्जा, लगानी, पर्यटन, कृषि, शिक्षा, पारवहन सहुलियतका विषयमा छलफल भएको छ ।