काठमाडौं : नेपाली सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालय नामको नयाँ ईकाई खडा गर्ने भएको छ ।

छिमेकी मुलुकबाट राष्ट्रको सिमाना मिचिंदै जाने, सीमाका पिलरहरु हराउने र संरक्षण नहुने तथा समग्र सीमा सुरक्षामा कमजोरी देखिन थालेपछि सेनाले विशेष ध्यान दिन लागेको हो ।

सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मा दिंदै आएकोमा रक्षा मन्त्रालयले अब सेनालाई पनि सीमा निगरानी कार्यमा लगाउन लागेको हो । नेपाल-भारतबीच करिब १८ सय ८० किलोमिटर सीमा क्षेत्रका २,७१६ सीमा स्तम्भ गायब भएको गृह मन्त्रालयले जनाएको छ । - कान्तिपुर दैनिकबाट