धरान: यति बेला धरान उपमहानगरपालिका चुनावमय भएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरु भोट माग्न सर्वसाधरण मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छन् ।

तिनै मध्ये एक हुन्, नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार तिलक राई । उनी २०७४ सालमा पनि कांग्रेसबाट मेयर पदमा उम्मेदवार थिए । त्यसबेला तत्कालिन एमालेका तारा सुब्बासँग पराजित भएका थिए । यो उनको दोस्रो पटक मेयर पदमा उम्मेदवारी हो । उनलाई कांग्रेसले धरानबाट सर्वसम्मतरुपमा मेयरको उम्मेदवारकोरुपमा सिफारिश गरेको थियो ।

राजनीतिक दलहरु आआफ्नो जितको दाबीसहित चुनावी अभियानमा छन् । धरानमा सधै कम्युष्टिले जित्दै आएको क्षेत्र हो । तर, यसपाली भने कांग्रेसले लालकिल्ला ढाल्ने लक्ष्य लिएको छ । कांग्रेसबाट उम्मेदवार बनेका तिलक राई पनि उत्साहित छन् । उनी धरान उपमहागनरपालिकाले जनताको ढाड सेक्ने गरी कर वृद्धि गरिएको, सडक किनारमा व्यवसाय गर्नेहरुसँग ठेकेदारमार्फत कर पनि उठाउने तर नगर प्रहरी पनि लगाएर सामान जफत गर्नेलगायतको कार्य गर्ने गरेकोले जनता दिक्क भइसकेकोले यसपाली विकल्पकोरुपमा कांग्रेसलाई भोट दिने दाबी गर्छन् । कम्युनिष्टहरुले धरानको समृद्धि र विकासको नारा भोट माग्दा मात्र लगाएका छन्, जनताले यसपाली परिवर्तन चाहिरहेका छन्, उनी भन्छन् ।

पारिवारिक पृष्ठभुमी

कांग्रेसको धरान उपमहानगर कार्यसमितिको सभापति पनि रहेका तिलक राई स्वर्गीय पिता मित्रकुमार राई र स्वर्गीय आमा गंगा राईको कोखबाट २०३१ साल कात्तिक २ गते धरानमा जन्मिएका हुन् । धरान १८ मा स्थायी बसोबास गर्दै आएका उनले धरानको डिपो माध्यमिक विद्यालयबाट एसएलसी उर्तीण गरेका छन् । महेन्द्र बहुमुखी क्याम्पस धरानबाट आइकम सम्मको अध्ययन गरेका उनी सानै उमेरदेखि हक्कि स्वभावका थिए । यद्यपी उनी धरानमा इमान्दार, नैतिकवान्, प्रष्ट वक्ता र निर्णय क्षमता भएको नेताकोरुपमा परिचित छन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट उनी नेपाली कांग्रेसको राजनीतिमा होमिएका थिए ।Tilak-rai 2

राजनीतिक पृष्ठभूमी :

२०४७ बाट नेपाली कांग्रेसमा आवद्ध भएर राजनिती सुरु

२०५४ सालमा भएको स्थानिय तहको निर्वाचनमा तिलक वडा नं १८ को सदस्य पदको उम्मेद्वार
२०५४ सालमै नेविसंघ धरान सचिव
२०५५ मा तरुण दल धरान नगर समिति सदस्य
२०५७ मा तरुण दल नगर अध्यक्ष
२०६२ सालमा नेपाली कांग्रेस नगर सचिव
२०६६ सालमा सम्पन्न १२ औँ महाधिवेशनमा धरान सभापतिको उम्मेद्वार
२०७२ मा सम्पन्न १३ औँ मधिवेशनबाट नेपाली कांग्रेस धरानको सभापती
२०७४ सालमा मेयरको उम्मेद्वार ।

सामाजिक क्षेत्रमा योगदान:

tilak-rai

किरात राई यायोख्याको केन्द्रीय अध्यक्ष
नेपाल रेडक्रस सोसाइटी सुनसरी सचिव
उद्योग बाणिज्य संघको कार्यकारी सचिव
सप्तकोसी बस व्यसायी संघ अध्यक्ष
नेपाल गल्फ एसोसियन केन्द्रीय उपाध्यक्ष
नेपाल शारिरिक सुगठनको ख श्रणीको निर्णायक
सुम्निमा वर्कशप व्यवसायि संगठन

उम्मदवार राईका प्रतिबद्धता :

भ्रष्टचार गर्नु भनेको आमाको रगत पिउनु बराबरको पाप हो । धरान नगरलाई भ्रष्टचार मुक्त नगर बनाउने । भ्रष्टचारको अन्त्य गराएर कर घटाउने ।

धरानलाई देशको उत्कृष्ट पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न विमानस्थलको लागि पहल हुनेछ ।

खानेपानीको समस्या समाधान र अव्यवस्थित बसपार्कलाई व्यास्थित बनाउने धरान हुँदै पहाडी जिल्ला जोड्ने राजमार्गलाई व्यस्थित गरि सुन्दर शहरको रुपमा धरानको विकास गर्ने ।

धरानको बुढासुब्बा, दन्तकाली, पिडेश्वर, पञ्चकन्या, बिष्णुपादुका जस्ता धार्मिक क्षेत्र धरान भित्रै रहेका यस्ता क्षेत्रको विकास गरी धार्मिक पर्यटकीय नगरी बनाउने ।